नेपथ्य पछि करफोकमा गुञ्जदै कन्दरा

गणेश घिमिरे
माघ २७, इलाम
धुप्पि, सल्लाघारी र चियाबारीले घेरीएको रमणीय स्थल इलाम सूर्योदय नगरपालिकाको करफोकमा कन्दरा गुञ्जिने भएको छ । नेपालकै लाकप्रिय ब्याण्ड कन्दराले पहिलो पटक पूर्वी पहाडी जिल्लामा आउँदो फागुन १६ गते आफनो साँगितिक प्रस्तुती दिन लागेको हो । नेपालका ठूला सहरसहित बिदेशी भूमिमा गुञ्जिदै आएको कन्दराको साँगीतिक यात्रा अब नेपालकै चर्चित पर्यटकीय जिल्ला इलाममा गुञ्जने भएको हो । पछिल्लो समय करफोक नेपालकै चर्चित साँगितिक ब्याडले प्रस्तुती दिने थलो समेत बन्दै गएको छ । केही महिना अघि मात्र करफोकमै नेपालकै अर्को चर्चित ब्याण्ड नेपथ्यले साँगीतिक प्रस्तुती दिएको थियो । प्राकृतिक र धार्मिक क्षेत्रले अत्यन्तै चर्चित बन्दै गएको करफोक इलामकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनेको छ । मेलोडी र मिठासले भरिएको अर्थपूर्ण गीत गाउने कन्दरालाई इलाम ल्याउन सूर्योदय होटल एशोसिएन सफल बनेको हो । संगितको माध्यमबाट आन्तरीक तथा बाह्य पर्यटकलाई भित्रयाउने, करफोक खेलमैदानको स्तरोन्नतीमा आर्थिक सहयोग जुटाउने, पञ्चकन्या मन्दिरको मर्मत संभारमा सहयोग पुरयाउने, करफोक बिद्या मन्दिरमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीका लागि सहयोग पुरयाउन अक्षय कोष स्थापना गर्ने, युवालाई लागूऔषधको दुब्र्यसनबाट हटाई सामाजिक कार्यमा अघि बढाउने उद्येश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागेको आयोजक समितिका सचिब बिक्रम श्रेष्ठले बताउनुभयो ।
यो कार्यक्रम सम्पन्न गर्न करिब ५० लाख रुपैंयाँ आम्दानी र ३९ लाख रुपैंयाँ खर्च लाग्ने अनुमान गरिएको छ । कन्दराको प्रस्तुती हेर्न नेपाल र भारतका गरि गरी करिब ५ हजार दर्शक आउने अपेक्षा गरिएको आयोजक समितिका सचिब सञ्जोक तामाङले बताउनुभयो । आयोजकले ५ हजार मूल्यको भिआईपि र एक हजार मूल्यको टिकट छापेको छ । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तब्य बनेको इलामको सूर्योदय नगरपालिका संगित, शिक्षा र साहित्यको क्षेत्रमा पनि अब्बल बनेको छ । पछिल्लो समय युवाहरु बढ्दो दुब्र्यसनमा फसिरहेकोले उनीहरुलाई कुलतमा फस्न नदिई सामाजिक क्षेत्रमा डोरयाउन र सूर्योदय नगरकै प्रतिष्ठित खेल मैदानको रुपमा रहेको करफोक खेल मैदानलाई स्तरीय मैदान निर्माण गर्न यहाँका युवाहरु एकजुट भएर अघि बढिरहेको आयोजक समितिका सल्लाहकार शरण फागोको भनाई छ ।
सूर्योदयले कुबेर राई, यम बराल, जगदिश समाल, भूगोल दाहाल, भूपेन्द्र राई, पूजन प्रधान, रगुन गुरुङ्ग जस्ता संगितका नक्षत्र, दूर्गानाथ शर्मा जस्ता साहित्यकार एवं नेपाली राष्ट्रिय महिला टिमकी कप्तान एञ्जिला तुम्बापो जस्ता खेलाडी समेत जन्माएको छ । कन्दरा ब्यान्ड पोखरा नेपालको एउटा सांगीतिक समूह हो । सन् १९९४ मा गठन भएको ब्यान्डले नेपाली संगीत उद्योग भित्र लोक–पप विधा स्थापना गर्न मद्दतको लागि सबैभन्दा राम्रोसँग परिचित छ । आफ्नो विशिष्ट धुन, सरल, लोक–आधारित गीत, र भावपूर्ण भोकल प्रस्तुति दिने ब्याण्डले धेरै गीतहरू उत्पादन गरेको छ । लेका की हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी, तिमी पारी जस्ता चर्चित गितहरु छन् ।

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो
गणेश घिमिरे जेठ ७, इलाम बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन
इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको

साडे १६ लाख बढिको लागतमा एकतप्पामा खानेपानी आयोजना निर्माण गरिदै
गणेश घिमिरे बैशाख ३१, इलाम स्वच्छ, ब्यबस्थित र पर्याप्त खानेपानीको अभाव झेलिरहेका इलाम फाकफोकथुम गाउँपालिका स्थित एकतप्पाका बासिन्दाहरु अब यो
प्रतिकृया दिनुहोस